महामारी रूपमा फैलिएको कोरोना भाइरसले इटलीमा एकै दिनमा ३६८ जनाको ज्यान गएको छ ।
योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । आइतबारै ३ हजार ५ सय ९० नयाँ बिरामी थपिएका छन् । योसँगै कुल कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ४७ छ ।
युरोपेली युनियनमा आबद्ध अर्को मुलुक स्पेनमा पनि एकैदिन ९७ मानिसको मृत्यु भएको छ । हालसम्म १ हजार ४ सय ५४ को ज्यान गइसकेको स्पेनमा कुल संक्रमित संख्या ७ हजार ८ सय ४५ छ ।
फ्रान्समा पनि कारोनाको संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । बीबीसीका अनुसार, फ्रान्समा आइतबार ३६ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २७ पुगेको छ ।
चीन उद्गम भएर फैलिएको कारोना भाइरस चीनमा नियन्त्रणउन्मुख देखिएको छ । तर, युरोपेली मुलुकहरूमा सरेको छ ।