logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई भाइबीच सम्पत्ति विवादः झगडाले उग्र रुप ल्याएपछि गोली हानाहान, दुबैको मृत्यु


अंकुरण खबर
1.443K
Shares

सम्पत्तिका लागि दुई भाइबीचको झगडामा गोली चल्दा दुबैको ज्यान गएको छ।

दिल्लीको सिभिल लाइन क्षेत्रमा सम्पत्ति विवादमा दुई भाइबीच झगडा भएको थियो। झगडाले उग्र रुप लिएपछि एक अर्कामाथि गोली हानाहान भएको स्थानीय अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राति १२ बजे २७ वर्षीय तनुज नागरको आफ्ना दाइ ३४ वर्षीय राहुल नागरसँग झगडा भएको थियो। यसै क्रममा तनुजले आफ्ना दाजुमाथि गोली चलाए। आफूमाथि गोली चलेपछि दाइ राहुलले पनि त्यसको जवाफ गोलीबाटै फर्काए ।

गोली लागेर घाइते भएपछि दुबैलाई अस्पताल पुर्याइएको थियो। तर डाक्टरले दुबैलाई मृत घोषणा गरदिए। घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको बताएको छ।