अमेरिकामा कोरोनाभाइरसको घटनामा लगातार वृद्धि भइरहेको छ ।
हालसम्म ४६०० पोजिटिभ केस दर्ता भएको छ भने ९१ को मृत्यु समेत भएको छ । यसको असरका कारण राष्ट्रपति ट्रम्पले मानिसलाई घरमै बस्न र बजारमा नजानका लागि आग्रह गरेका छन् । ट्रम्पले १० भन्दा बढी मानिसलाई भेला नहुन आग्रह गरेका छन् ।
कोरोनाका कारण न्यूयोर्क र वासिङटनका सडक सुनसान भएका छन् । सोमबार मिडियासँग कुरा गर्दै ट्रम्पले आगामी केही दिन अमेरिकाका लागि महत्वपूर्ण भचको बताएका छन् । किनकी युरोपबाट अमेरिकामा कोरोनाभाइरस विस्तार भइरहेको छ ।
अमेरिकामा यो भाइरसको रुप भयावह भएको ट्रम्पले स्वीकार गरेका छन् । अमेरिकाले पहिले नै यो परिस्थितिलाई राष्ट्रिय आपतकाल घोषणा गरिसकेको छ । ट्रम्पले अमेरिकामा यसको असर जुलाई वा अगस्टसम्म रहने सोमबार स्वीकारेका छन् । केही विज्ञका अनुसार यो अझै परसम्म जान सक्ने छ । कोरोनाका कारण अमेरिकाले एकै ठाउँमा १० भन्दा बढी व्यक्तिलाई भेला नहुनका लागि भनेको छ ।
स्कुल बन्द गरिएका छन् र अब अनलाईन कक्षा मात्रै चल्ने भएका छन् । यसका अलावा मानिससँग अत्यावस्यक बाहेकका यात्रा नगर्नका लागि भनिएको छ । यदी परिवारमा कुनै व्यक्ति पोजिटिभ पाइयो भने पुरै परिवारलाई आफ्नै घरमा बस्नका लागि भनिएको छ । एजेन्सी