इण्डोनेशियामा १०३ वर्षका बृद्ध पुआंग कट्टेले ६६ वर्षिय महिलासँग विवाह गरेका छन् ।
उनीहरुको विवाहको तस्विर सार्वजनिक भएपछि फेशबुक र ट्वीटरमा यी दम्पत्तिको तस्विर भाइरल बनेको छ । कतिपयले उनीहरुको विवाह बिरुद्ध आवाज पनि उठाएका छन् ।
स्थानिय मिडियामा उल्लेख भए अनुसार पुआंग पूर्व सैनिक हुन् । सन १९४५ देखी ४९ सम्म युद्धमा सहभागी थिए । महिलाको एक नातेदार मार्फत उनीहरुको विवाह भएको थियो ।
समाचार एजेन्सीले उल्लेख गरे अनुसार यो विवाहमा पुआंगले महिलाका परिवारलाई नेपाली ३५ हजार रुपैंया र एउटा सुनको औंठी बुझाएका थिए ।