logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस रोकथामको लागि १० हजार कैदी रिहा गर्ने तयारी


अंकुरण खबर
806
Shares

चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को चपेटामा १७३ देशमा परेको छ।

कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ । सोही क्रममा कोरोना भाइरस रोकथामको गर्नको लागि इरान सरकारले कैदी जीवन वसेका थप व्यक्तिलाई रिहा गर्ने भएको छ ।

सर्वोच्च नेता आयतुल्लाह खमेनीले माफी दिएपछि थप १० हजार जना कैदीलाई रिहा गर्न लागेको हो । इरान सरकारले गत मंगलबार मात्र झण्डै ८५ हजार कैदी बन्दीलाई रिहा गरेको त्यहाँको सञ्चारमा माध्यममा उल्लेख गरिएको छ । थप कैदीलाई रिहा गर्नको लागि सबै प्रक्रिया पूरा गरेर शुक्रबारसम्म थप रिहा हुने समाचारमा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमणबाट चीन र इटलीपछि इरान बढी प्रभावित भएको छ । इरानमा हालसम्म १ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।