logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको संक्रमणको आशंका गरिएका एक भारतीयद्वारा आत्महत्या


अंकुरण खबर
1.183K
Shares

भारतमा कोरोना भाइरसको संक्रमण भएको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

संक्रमणको आशंकापछि राजधानी दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले अस्पतालको सातौं तलबाट हामफालेर आत्महत्या गरेको बीबीसी हिन्दीले जनाएका छन् ।

ती व्यक्तिले बुधबार राति ९ बजे आत्महत्या गरेको जनाइएको छ । उनको परिचय भने खुलाइएको छैन ।

ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । दिल्ली एयरपोर्टमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको थियो । उनी अस्पतालको आइसोलेसन वार्डमा राखिएका थिए ।

नमूना संकलन गरेर परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआउँदै आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।