हलिउड अभिनेत्री इन्दिरा बर्मामा कोरोना पोजेटिभ देखिएको छ । उनले इन्स्टाग्राममा बिरामी भएको जानकारी दएकी हुन् ।
यसअघि पहिलो सोमा टोरमन्डको भूमिका निर्वाह गरेका क्रिस्टोफर हिब्जु पनि कोरोना भाइरसको सिकार भएका थिए । अहिले इन्दिरा ‘दी सिगल’को स्टेज प्रोडक्सनमा अभिनेत्री एमिलिया क्लार्कसँग काम गरिरहेकी छन् ।
इन्दिरा हलिउड फिल्म ‘एक्सोडस स् गड्स एन्ड किंग्स’, ‘कामसूत्र : ए टेल अफ लभ’ मा देखिएकी थिइन्। यसका साथै उनले ऐश्वर्या राय बच्चन र अनुपम खेरसँग ‘ब्राइड एन्ड प्रेजुडाइस’मा काम गरेकी छन्। फिल्मको निर्देशन गुरिन्दर चयले गरेका थिए । अहिले उनको प्लेको कोरोना भाइरसका कारण रद्द गरिएको छ।
इन्दिराले अफ्नो पोस्टमा लेखेकी छन्, ‘दुःखको कुरा हो कि कति सोसम्म कोविड १९ को खराब असर परेको छ। हामी छिट्टै फर्कने अपेक्षा गरिरहेका छौं । म यसबाट ग्रस्त भएर बेडमा छु । स्वस्थ रहनुहोस् र सुरक्षित रहनुहोस् ।’ एजेन्सी