logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कतारमा नेपालीसहित विदेशी कामदार पक्राउ, १ सय ५० जना नेपाल फिर्ता


अंकुरण खबर
2.366K
Shares

कतारले १ सय ५० जना नेपाली कामदारलाई नेपाल पठाएको छ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले भिडभाडमा नजान दिएको निर्देशन पालना नगरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो ।

पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको हो । उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन् ।

कतारले यसअघि २ सय ५० जनालाई डिपोर्ट गरेको थियो । ती नेपाली गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए ।