घातक कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ५ पुगेको छ।
राजस्थानमा एक इटालियन पर्यटकको शुक्रबार मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन। उनी कोरोनाबाट संक्रमित थिए।
शुक्रबार बिहान सम्ममा पीडितको संख्या २ सय नाघेको छ। उनीहरुमध्ये २० जना निको भएर घर फर्केको बताइएको छ।
शुक्रबार मात्रै लखनउमा थप ४ जना संक्रमित भेटिएका छन्। लखनउको केजीएमयू अस्पतालमा अहिले ९ जना संक्रमितको उपचार भइरहेको छ। भारतका २० राज्यमा कोरोना फैलिएको छ।
यस्तै, महाराष्ट्रमा पनि ३ नयाँ बिरामी देखा परेका छन। यस्तै साउदीबाट फर्केका एक व्यक्तिमा पनि कोरोना भेटिएको छ।