logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्नीलाई ढाँटेर गर्लफ्रेन्ड भेट्न गएका युवालाई कोरोना


अंकुरण खबर
702
Shares

कोरोना भाइरसले अहिले विश्वलाई निकै त्रसित बनाएको छ । यहीबीच यससँग सम्बन्धित एउटा समाचार आएको छ, बेलायतबाट जसले विश्वलाई अर्को अचम्ममा धकेलेको छ ।

त्यहाँ एक विवाहित युवा पत्नीलाई छलेर आफ्नी गर्लफ्रेन्डसँग घुम्न गएका थिए । उनलाई कोरोना भाइरस संक्रमण भएको छ ।

द सनले बुधबार प्रकाशन गरेको यो रिपोर्टअनुसार ती युवाले पत्नीलाई आफू बाहिर काम परेकाले जान लागेको बताएका थिए । तर, उनी प्रेमिकासँग इटाली पुगेका रहेछन् । पछि प्रहरीले सोधखोज गर्दा यो थाहा भयो ।

अहिलेको स्वास्थ्य स्थितिका कारण आफूले यस विषयमा केही नभनेको ती युवाकी पत्नीले बताएकी छिन् । एजेन्सी