logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसः इटालीमा एकै दिन ७ सय ९३ को मृत्यु


अंकुरण खबर
949
Shares

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ९३ जनाको मृत्यु भएको छ ।

थप ७ सय ९३ जनाको मृत्यु भएसँगै इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ८२५ पुगेको छ । इटालीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

संक्रमित हुनेको संख्या पनि अत्यासलाग्दो तवरले बढेको छ । अहिलेसम्म इटालीमा ५३ हजार ५७८ जनामा संक्रमण देखिएको छ भने ६ हजार ७२ जना उपचारपछि घर फर्किएका छन् ।शुक्रबार मात्र यहाँ ६ हजार ५५७ जना नयाँ संक्रमित देखिएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले इटालीमा महामारीका रुपमा देखिएको छ ।