logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा रेल बन्द हुँदै, गाँउ नर्फकन मोदीको अपिल


अंकुरण खबर
949
Shares

भारतले कोरोना भाइरसको खतराको कारण रेल सेवा बन्द गर्ने तयारी गरेको छ।  भारतीय सञ्चार माध्यमका अनुसार आगामी २५ मार्चसम्मका लागि सबै रेल सञ्चालनमा प्रतिबन्ध लगाउन लागिएको छ।

अहिले भारतमा ४ सय रेल चलिरहेका छन्। सबै रेलहरु गन्तव्यमा पुगेपछि रेलसेवा तत्कालका लागि बन्दको घोषणा गरिने छ। त्यसपछि एउटा रेल पनि चल्ने छैन। जानकारीका अनुसार सबै ठूला स्टेशनहरू खाली गरिनेछन्। रेलवे बोर्डले आइतबार नै यसबारे पूर्व सूचना जारी गर्न सक्ने बताइएको छ।

रेलवे बोर्डले हालका लागि २५ मार्च सम्म रेल बन्द गर्ने र त्यसपछि प्रतिबन्ध बढाउने वा हटाउने भन्ने बारे सोच्ने छ।  भारतमा कोरोना भाइरसका बिरामीको संख्या लगातार बढिरहेको छ। पछिल्लो अपडेट अनुसार त्यहाँ मृत्यु हुनेको संख्या ६ पुगेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३४१ जना संक्रमित भएका छन। एकैदिन ७९ जना संक्रमित सम्म भेटिएका छन्। विश्वभर फैलिएको यो भाइरसबाट ३ लाख मानिस संक्रमित भएका छन् भने १३ हजारको मृत्यु भएको छ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले सहरबाट गाउँ फर्कने मानिसहरूलाई आग्रह गर्दै आफू बसेको ठाँउ नछाड्न अपील गरेका छन। सहर छोडेर भिडभाडमा गाँउ फर्कदा कोरोनाको जोखिम उच्च रहने तथा गाँउमा समेत आतंक हुने भएकाले गाँउ नर्फकिन मोदीले आग्रह गरेका हुन।