logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना प्रभाव: प्रहरीतिर फर्किएर खोक्ने व्यक्तिलाई १० हप्ता जेल


अंकुरण खबर
611
Shares

नेदरल्यान्ड्समा मादक पदार्थ सेवन गरेर गाडी चलाएको आशंका गरिएका एक व्यक्तिले गाडी रोक्ने ट्राफिक प्रहरीतिर फर्केर खोकेकोमा १० हप्ताको कारावास सजाय दिइएको छ ।

उनले आफूलाई कोभिड–१९ रहेको दाबी गरे पनि पछि उनमा उक्त भाइरस नरहेको पाइयो ।

ती व्यक्ति २३ वर्षीय पुरुष हुन् र लाइडनमा बस्छन् । उनले तीव्र गतिमा साना सडकमा गाडी दौडाउँदा प्रहरीले रोकेको थियो । समाचारहरूमा आएअनुसार, उनले मापसे परीक्षण गराउन अस्वीकार गरेका थिए । अधिकारीहरूलाई सहयोग गर्नुको साटो उनले दुई अधिकारीको मुखैमा खोकेर भनेका थिए, ‘मलाई कोरोनाभाइरस लागेको छ, अब तिमीहरूलाई लाग्यो ।’

एक जिल्ला अदालतले ती आरोपितलाई आक्रमण गरेको र मृत्युको धम्की दिएको आरोपमा दोषी ठहर गर्दै शुक्रवार १० हप्ताको कारावास सजाय दिएको छ । पक्राउ गरेपछि उनलाई कोभिड–१९ परीक्षण गर्दा भाइरस नभएको पाइयो ।

सजाय सुनाउने बेलामा न्यायाधीशले उक्त व्यक्तिको व्यवहार निन्दनीय रहेको र उनलाई कारावास सजाय दिएर अन्यलाई चेतावनी दिन खोजिएको बताए ।

नेदरल्यान्ड्स सरकारले सबै विद्यालय र डेकेयर सेन्टरहरूलाई अघिल्लो साता बन्द गरेको छ । क्याफे र रेस्टुराँहरू पनि फागुन २३ गतेसम्मका लागि बन्द गरिएका छन् । एजेन्सी