logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड-१९ः दक्षिण कोरियामा नयाँ संक्रमित कम हुँदै


अंकुरण खबर
1.417K
Shares

दक्षिण कोरियामा गत फेब्रुअरी २९ मा एक्कासी कोरोना भारस संक्रमितको संख्यामा वृद्धि भएको थियो । त्यसयता सोमबार कोरिया सबैभन्दा कम नयाँ कोरोना संक्रमित भेटिएको छ ।

नयाँ कोरोना भाइरस संक्रमितको संख्यामा दिनानुदिन कम हुँदै गएपछि दक्षिण कोरियामा यस विश्वव्यापी महामारीलाई जित्ने आशा जागेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियाको रोक नियन्त्रण तथा निवारण केन्द्र(केसिडिसी)का अनुसार, सोमबार जम्मा नयाँ ६४ जनामा कोरोना संक्रमण भेटिएको छ ।

दक्षिण कोरियामा कोरोनाका कारण ११० को मृत्यु भइसकेको छ भने संक्रमितको संख्या कुल ८ हजार ९६१ पुगेको छ । त्यस्तै, आइसोलेशनमा राखेर उपचारपछि २५७ जना घर फर्किएको केसिडिसीले जनाएको छ । एजेन्सी