logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणका कारण पानामामा एक १३ वर्षीया किशोरीको मृत्यु


अंकुरण खबर
1.43K
Shares

कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण पानामामा एक जनाको मृत्यु भएको छ ।

१३ वर्षीया किशोरीको कोरोना संक्रमणका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

ती किशोरीको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पानामाको पेडिएट्रिक हस्पिटलमा उपचार गरिएको थियो । तर, उपचाररत उनको आइतबार मृत्यु भएको हस्पिटलले सोमबार जानकारी दिएको हो ।

पानामामा हालसम्म कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भइसकेको छ भने ३१३ जना संक्रमणका कारण उपचाररत रहेका छन् ।