logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणका कारण जिम्बाबवेमा एक जना पत्रकारको मृत्यु


अंकुरण खबर
2.756K
Shares

कोरोना संक्रमणका कारण जिम्बाबवेमा एक जना पत्रकारको मृत्यु भएको छ।

टेलिभिजन पत्रकारितामा सक्रिय जोरोरो मकाम्बाको कारोणा संक्रमणले मृत्यु भएको हो। जिम्बाबवेमा कोभिड–१९ को संक्रमणले यो पहिलो मृत्युको घटना हो।

जोरोरो ३० वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय थिए । शनिबार जोरोरो मकाम्बासहित दुई जनामा कोभिड–१९ को संक्रमणको पुष्टि भएको थियो। जिम्बावेको स्वास्थ्य मन्त्रालयका अनुसार जोरोरोमा फ्लुको लक्षण देखिएपछि बिहिबार राजधानी हरारेस्थित आइसोलेशनसहितको हरारेस्थित विल्किन्स अस्पतालमा भर्ना गरिएको थियो।

अमेरिकाको न्यूर्योकमा हुँदा उनलाई कोरोनाको संक्रमण भएको थियो। फेब्रुअरी २९ मा न्युर्योक गएका उनी मार्च ९ मा हरारे फर्किएका थिए।