एक समयकी चर्चित बलिउड अभिनेत्री निम्मीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी मिन्नीको ८७ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
उनको अन्तिम संस्कार बिहीवार गरिने भारतीय सञ्चारमाध्यमले लेखेका छन् । मिन्नी ५० देखि ६० को दशकमा निकै चर्चित थिइन् ।
उनले फिल्म ‘बरसात’बाट फिल्ममा डेब्यू गरेकी थिइन् । मिन्नीले ‘अमर’, ‘दाग’, ‘दीदार’, ‘मेरे महबूब’ लगायत चर्चित चलचित्रमा अभिनय गरेकी छन् । एजेन्सी