logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाविरुद्ध अमेरिका र चीनको साझा लडाइँ


अंकुरण खबर
1.248K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङले वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै चीनका राष्ट्रपतिसँग वार्ता गरेको जानकारी गराएका हुन् ।

कोरोना भाइरसविरुद्ध लड्न चीनको प्रयास सराहनीय रहेको ट्रम्पले जनाउँदै आफूहरूले पनि सँगै काम गरिरहेको ट्रम्पको भनाइ छ ।

‘भर्खर चीनको राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न राम्रो प्रयास गरिरहेको छु ट्रम्पले ट्वीटमा भनेका छन् ‘हामी सँगसँगै काम गरिरहेका छौँ ।’

चीनको वुहानबाट सहरमा गत डिसेम्बरमा देखिएको कोरोना भाइसको संक्रमण विश्वभर फैलिएको छ । केही समय पहिले चिनियाँ भाइरस भन्दै राष्ट्रपति ट्रम्पले भनेपछि चीन अमेरिकासँग रुष्ट बनेको थियो । एजेन्सी