बेलायतमा कोरोनाबाट पहिलो पटक एक चिकित्सकको मृत्यु भएको छ।
७६ वर्षीय डा हबीब जैदी बुधबार बिरामी भएपछि अस्पताल भर्ना भएका थिए। उनको परिक्षणको रिपोर्ट अझै आउँन बाँकी छ तर, परिवारका सदस्यले कोरोनाकै लक्षण देखिएको बताएका छन्।
परिवारले उनले आफ्नो जीवन पेशाकै लागि नै बलिदान दिएका बीबीसीलाई बताएका छन्।