logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित १०१ बर्षीय व्यक्ति निको भए, इटलीका चिकित्सक खुसी


अंकुरण खबर
1.079K
Shares

इटलीमा कोराना भाइरस संक्रमित भएका एक वृद्ध व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन्।

इटलीको रिमिनि सहरका ती व्यक्तिलाई बुुधबार अस्पतालबाट डिस्चार्ज गरिएको हो। इटालियन सञ्चार माध्यमले श्री पी भनेर चिनिने ती व्यक्ति यस रोगबाट निको हुने सबैभन्दा पाको उमेरका व्यक्ति भएको उल्लेख गरेका छन्।

उनलाई कोरोना पोजेटिभ देखिएपछि एक हप्ता अगाडि अस्पताल भर्ना गरिएको थियो। बिरामी निको हुन थालेपछि चिकित्सकहरुमा खुशीको सञ्चार प्रवाह गरेको समाचारमा जनाइएको छ।

इटलीमा ८ हजार भन्दा बढिको मृत्यु भइसकेको छ भने ८० हजार भन्दा बढि व्यक्ति संक्रमित भएका छन्।