logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

फ्रान्समा १४ दिन लम्बियो लक डाउन, एकै दिन २९९ जनाको मृत्यु


अंकुरण खबर
962
Shares

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १९९ देशमा फैलिएको छ। कोरोना भाइरसबाट फ्रान्स पनि अछुतो रहन सकेको छैन्।

कोरोना संक्रमित तथा ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि फ्रान्समा लकडाउन १४ दिन लम्बिएको छ। फ्रान्सका प्रधानमन्त्री एडोर्ड फिलिपले कोरोना भाइरसको अवस्था झन भयावह बन्दै गएका कारण लकडाउनको समय सीमा १४ दिन थप गरेको जानकारी दिएका छन्।

शुक्रबार मात्रै कोरोना भाइरसबाट फ्रान्समा २९९ जनाको मृत्यु भएको छ भने ३ हजार ८०९ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै फ्रान्समा मृत्यु हुनेको संख्या १९ सय ९५ पुगेको छ भने ३२ हजार ९ सय ६४ जना संक्रमित भएका छन्।