logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्पेनमा कोरोनाको कारण एकै दिन आठ सय ३२ जनाको मृत्यु


अंकुरण खबर
1.716K
Shares

स्पेनमा कोरोना भाइरसका कारण एकै दिन पछिल्लो २४ घण्टामा आठ सय ३२ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मध्यान्हसम्म ५ हजार छ सय ९४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा आठ हजार १८९ नयाँ संक्रमित थपिएका छन् यो संगै कुल संक्रमितको संख्या ७२ हजार दुई ४८ पुगेको छ । त्यो अघिल्लो दिनभन्दा १२.७ प्रतिशतले बढी हो ।

नेपालीहरुको बसोबास रहेको पाईसभास्को तेस्रो बढी प्रभावित क्षेत्र हो । सो क्षेत्रमा पाँच हजार एक सय ३६ जना संक्रमित भेटिएका छन् भने दुई सय २१ जनाको मृत्यु भएको छ । स्पेनमा झण्डै १० हजार नेपाली रहेका छन् ।