कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन लामो लकडाउनको घोषणा गरेका छन्।
लकडाउनले अत्यावश्यक सेवा बाहेक देशभरका सबै उद्योग कलकारखानामा ताला लागेको छ । लकडाउनका बीच मजदुरहरुको विचल्ली भएका घटना बाहिरिएपछि मोदीले माफि मागेका छन्। उनले लकडाउनले जनतामा पर्न गएको असरप्रति संवेदना प्रकट गर्दै देशका जनतासामु माफि मागेका हुन।
विश्वको अवस्थालाई हेरेपछि सबैलाई सुरक्षति राख्नको लागि यस्तो कदम लिन आफूले यस्तो कदम उठाउन बाध्य भएको उनले बताएका छन । भारतमा लकडाउन पछि निकै भावुक बनाउने घटनाहरु देशभरिबाट आइरहेका छन्।
शहरहरूमा काम ठप्प भएपछि मजदुरहरू पैदल यात्रा गरेरै आफ्नो गाउँ तर्फ लागेका छन्। लकडाउनले यातायात बन्द हुँदा पनि मानिसहरुले सहर छाडेका हुन।
हजारौं किलोमिटरको दूरीको ख्याल नगरी मानिसहरू साना बच्चा तथा वृद्धहरु समेतसँगै सडकमा निस्किएका दृश्य भारतीय मिडियामा छाएका छन्। यसले अर्को संकट निम्त्याउँने भन्दा चिन्ता प्रकट हुन थालेको छ।