logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर ७ लाख २१ हजार कोरोना संक्रमित


अंकुरण खबर
728
Shares

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २१ हजार पुगेको छ ।

सीएनएनका अनुसार विश्वभर यो भाइरसबाट ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। १ लाख ४९ हजार १ सय २२ जना भने उपचारपछि निको भएका छन्।

यद्यपि, विश्व स्वास्थ्य संगठनको तथ्यांकमा भने मृतकको संख्या ३० हजार १ सय ५ मात्र छ भने ६ लाख ३८ हजार १ सय ४६ संक्रमित छन्। डिसेम्बर अन्तिम साता चीनको वुहानमा सुरु भएको यो भाइरस विश्वका २०२ देशमा फैलिसकेको छ।

कहाँ कति मृत्यु ?

इटाली १०७७९

स्पेन ६८०३

चीन ३१८२

इरान २६४०

फ्रान्स २६०६

बेलायत १२२८