logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दार्जिलिङमा कोरोनाबाट एक महिलाको मृत्यु


अंकुरण खबर
1.417K
Shares

नेपालबाट केहि घण्टाकै यात्रामा पुग्न सकिने भारतको दार्जिलिङमा कोरोना भाइरस संक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटलमा उपचारका क्रममा उनको ज्यान गएको हो । दार्जिलिङको काबेलुङ निवासी एक ४५ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको हो । उनलाई चैत १५ गते कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

उनी गएको फागुन २४ गते छोरीको उपचारका लागि कालेबुङबाट चेन्नइ गएकी थिइन् । कालेबुङ फर्केपछि उनमा कोरोना भाइरसको लक्षण देखिएको थियो ।

ती महिलाका परिवारका सदस्य र उनका सम्पर्कमा आउने १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । महिलाको पहिलो स्वास्थ्य जाँच गर्ने दुई डाक्टर पनि अहिले होम क्वारेन्टाइनमा रहेको जनाइएको छ ।