logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खुशीको खबर: भारतमा कोरोना संक्रमित १ सय ४० जना निको भएर फर्के घर


अंकुरण खबर
1.482K
Shares

भारतमा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव दिनहुँ बढिरहेको छ ।

यद्यपि खुशीको खबर यो छ कि कोरोना भाइरस संक्रमित १ सय ४० जना उपचारपछि स्वस्थ भइसकेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित भएर मर्नेहरुको संख्या ३९ पुगेकोछ । हालसम्म पूरै भारतवर्षमा १ हजार ३ सय २९ जना कोरोना संक्रमित भेटिएका छन् । कोरोना भाइरसबाट सबभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ ।

महाराष्ट्रमा आजसम्म २ सय १६ कोरोना भाइरस संक्रमित भेटिएका छन् । जसमध्ये १० जनाले ज्यान गुमाउनु परेको छ । महाराष्ट्रका साथै केरल, उत्तर प्रदेश, दिल्लीसहित २० भन्दा बढी राज्यमा कोरोनाले प्रभाव जमाउँदै लगेको छ ।