logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी पत्रकारको कोरोना संक्रमणबाट निधन


अंकुरण खबर
949
Shares

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण अमेरिकामा एक पत्रकारको निधन भएको छ । अमेरिकी टेलिभिजन नेटवर्क सिबिएस न्यूजकी वरिष्ठ पत्रकार ५४ वर्षीया मारिया मेर्कादेरको आइतबार निधन भएको हो ।

३० वर्ष भन्दा बढी समयदेखि सिबिएसमा रिपोर्टर तथा ट्यालेन्ट डिरेक्कटरको रुपमा कार्यरत उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनले समाचार कक्षमा कार्यरत पत्रकारहरु सबै क्षेत्रबाट समेटिउन् भन्नका लागि एसियन अमेरिकन पत्रकार एसोसिएसन, नेशनल लेस्बियन एण्ड गे जर्नलिस्ट एसोसिएसन र नेशनल एसोसिएसन अफ ब्ल्याक जर्नलिस्टसँग मिलेर काम गर्दै आएकी थिइन् ।

पछिल्लो दुई दशकदेखि उनले विभिन्न स्वास्थ्य समस्या झेलिरहेकी थिइन् । उनलाई क्यान्सर समेत भएको थियो । उनी सन् १९८७ देखि सिबिएस न्यूजमा कार्यरत थिइन् । एजेन्सी