logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना : गायिका कनिका कपूरको पाँचौँ परीक्षण पनि पोजेटिभ


अंकुरण खबर
845
Shares

कोरोना भाइरससँग जुधिरहेकी भारतीय गायिका कनिका कपूरको पाँचौँ परीक्षण पनि पोजेटिभ आएको छ।

११ दिनदेखि उत्तर प्रदेशको राजधानी लखनऊमा रहेको पीजीआई अस्पतालमा उपचाररत उनको पाँचौँ पटकको परीक्षणमा पनि कोरोनाको संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अस्पतालले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जनाएको छ। पीजीआई अस्पतालका निर्देशक आरके धिमानका अनुसार कनिकालाई कोरोनाका गम्भीर लक्षणहरु देखिएका छैनन्। उनको अवस्था सामान्य रहेको छ।

निर्देशक धिमानका अनुसार उनी सामान्य रुपमा खाना खाइरहेकी छन्।

गत मार्च ९ मा लण्डनबाट उनी भारत फर्किएकी थिइन्। लण्डनबाट फर्केको केही दिनमा लखनऊ पुगेकी उनी केही पार्टीहरुमा समेत सहभागी भएकी थिइन्। कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई मार्च २० मा अस्पताल भर्ना गरिएको थियो।

विदेशबाट आएर केही दिन क्वारेन्टाइनमा बस्नुपर्नेमा त्यसलाई वेवास्ता गरेको भन्दै भारतमा उनको चर्को आलोचना भएको थियो। एजेन्सी