नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश स्थित गोरखपुर सहरमा घातक कोरोना भाइरस बाट एक २५ बर्षीय युवकको मृत्यु भएको छ।
गोरखपुरमा २५ बर्षीय युवकको मृत्यु कोरोनाबाटनै भएको भारतीय सञ्चार माध्यमले जनाएका छ। कोरोनाको आशंकामा उनी उपचारका लागि गोरखपुरको बीआरडी अस्पतालमा मार्च २८ तारिखमा अस्पताल भर्ना भएका थिए। ३० तारिखमा उनको निधन भयो। उनको अन्तिम संस्कार समेत गरिसकिएको छ।
बुधबार रिपोर्ट आएपछि उनको मृत्यु कोरोना भाइरसले भएको पुस्टि भएको हो। कोरोनाले ज्यान गएको रिपोर्ट सार्वजनिक भएपछि गाउँ नै त्रसित बनेको छ।
भारतमा कम उमेरका व्यक्तिको कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० नाघेको छ भने १७ जना संक्रमित बनेका छन्।