logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस महामारी नियन्त्रणमा राख्न कम्तीमा ६ हप्ता लकडाउन आवश्यक : अध्ययन


अंकुरण खबर
1.989K
Shares

एउटा नयाँ अध्ययनले कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा राख्नका लागि कम्तीमा पनि छ हप्ता लकडाउन गर्नुपर्ने देखाएको छ ।

शुक्रबार साउथ चाइना मर्निङ पोष्टले यसबारे समाचार प्रकाशन गरेको छ । अमेरिकाको एसएसआरएन जर्नलमा यसै साता प्रकाशित अध्ययनबारे लेख्दै साउथ चाइना मर्निङ पोष्टमा लेखिएको छ– महामारी रोक्न एकदमै कडाखालका कदम चालेका देशले तीन हप्तापछि महामारीलाई मध्यमस्तरको बनाउन सक्छन् ।

उक्त अध्ययनमा एक महिनामा संक्रमणको फैलावट रोक्न सकिने र ४५ दिनपछि मात्रै महामारीलाई आफ्नो नियन्त्रणमा राख्न सकिने उल्लेख छ ।

पूर्ण लकडाउन,  घरभित्रै बस्ने आदेश,  व्यापक परीक्षण र क्वारेन्टिनलगायत जति पालना गर्न सक्यो महामारी नियन्त्रण गर्ने त्यति नै कम समय लाग्ने अध्ययनको निष्कर्ष छ ।

यो अध्ययन संसारका ३६ वटा मुलुक र  ५० वटा अमेरिकी राज्यका तथ्यांकहरूमा आधारित छ । अमेरिकाले समयमै यी नीति नअपनाएकाले कोरोनाको महामारी तीव्र रूपमा फैलिएको पनि अध्ययनको निष्कर्ष छ । एजेन्सी