logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट चीनमा थप चारको मृत्यु, लक्षण नदेखिएका ६० संक्रमित फेला


अंकुरण खबर
780
Shares

चीनमा ३१ जना नयाँ कोरोना संक्रमित फेला परेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार जनाएको छ ।

एनएचसीका अनुसार चीनमा भेटिएका ३१ नयाँ कोरोना संक्रमितमध्ये दुई जना स्थानीयबाट कोरोना संक्रमण भएका र अन्य २९ जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको बताइएको छ ।

चीनमा बिहीबार चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सबै कोरोना भाइरसको उद्‌गम थलो वुहानका रहेको बताइएको छ । चीनमा जम्मा कोरोना संक्रमितको संख्या ८१ हजार ६२० पुगेको छ भने मृत्यु हुनेको संख्या तीन हजार ३२२ पुगेको छ ।

चीनमा अप्रिल १ देखि लक्षण नदेखिएका कोरोना संक्रमितको पहिचान र परीक्षण सुरु गरेको छ । जसअन्तर्गत ६० जना लक्षण नदेखिएका कोरोना संक्रमित फेला परेको बताइएको छ ।