logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

अस्ट्रेलियामा नेपाली विद्यार्थी समस्यामा , अस्ट्रेलियन प्रधानमन्त्रीले भने आफ्नै देश फर्क


अंकुरण खबर
1.014K
Shares

विभिन्न देशबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीलाई समस्या भए आआफ्नो देश फर्कन सक्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आफ्नै देशका नागरिकको जीवन रक्षा गर्नुपर्ने भन्दै अध्ययन र भ्रमणमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका हुन् ।सरकारले व्यवस्थापन गरेका सेवासुविधा स्थानीय नागरिक र स्थायी बासिन्दालाई मात्र गर्न सकिने भएकाले विदेशी विद्यार्थी, नागरिक र अस्थायी बसोबास गरिरहेकाहरुलाई सहयोग गर्न नसक्ने जनाएका छन् ।

प्रधानमन्त्री स्कट मरिसनको यस्तो आग्रहपछि अध्ययनसहित विभिन्न कामका लागि रहेका नेपाली पनि अप्ठ्यारोमा पर्ने भएका छन् । नागरिक दैनिकबाट