logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्युयोर्कमा सेना उतार्दै ट्रम्प


अंकुरण खबर
767
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित न्युयोर्कमा एक हजार सैनिक स्वास्थ्यकर्मी परिचालन गरिने बताएका छन्। न्यूयोर्कमा दैनिक रुपमा सयौंको ज्यान गइरहेको छ।

हिजो (शनिबार) मात्र न्युयोर्कमा ६३० जनाको मृत्यु भयो। अहिलेसम्म न्युयोर्कमा कोरोनाबाट ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

न्युयोर्कका गभर्नर एन्ड्रयु क्युमोले अहिलेसम्म खराब अवस्था आइनसकेको तर खराब अवस्थाका लागि अस्पतालहरु तयार नरहेको बताएका छन्। न्युयोर्कका मेयर बिल डे ब्लासियोेले अझै ४५ हजार स्वास्थ्यकर्मी आवश्यक रहेको बताएका छन्। बीबीसी