logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको समयमा फ्रान्समा छुरा प्रहार हुँदा दुईको मृत्यु, पाँच घाइते


अंकुरण खबर
2.938K
Shares

फ्रान्समा शनिबार छुरा प्रहार हुँदा दुईजनाको मृत्यु भएको छ। अन्य पाँचजना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर भएको जनाइएको छ।

फ्रान्स सरकारले उक्त आक्रमणलाई आतंकवादी आक्रमण भनेको छ। प्रत्यक्षदर्शीका अनुसार रोमन्स–सुर–इसरे शहरमा सुर्तीजन्य पदार्थ बेचिने पसलमा एक अक्रमणकारीले अन्धाधुन्ध छुरा हानेका थिए।

त्यसपछि आक्रमणकारीले एक मासु पसलमा पसेर आक्रमण गरेका थिए। आक्रमणकारी सुडानका ३३ वर्षका व्यक्ति भएको बताइएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

नियन्त्रणको समयमा उनले अरबी भाषमा प्रार्थना गरेको जनाइएको छ। यस घटनाको विषयमा अनुसन्धान भइरहेको छ।

हाल फ्रान्स कोरोना भाइरसका कारण लकडाउन गरिएको छ। सोही समयमा छुरा आतंक भएको हो। एजेन्सी