logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकै दिन १९ जनाको मृत्यु


अंकुरण खबर
1.911K
Shares

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०८ देशमा फैलिएको छ।

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ भने ७१ हजार ४०८ नयाँ संक्रमित थपिएका छन्। यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६९ हजार ४५१ पुगेको छ भने १२ लाख ७३ हजार ४९९ जना संक्रमित भएका छन्।

छिमेकी देश भारतमा पनि कोरोना भाइरसको महामारीबाट फैलिएको छ। भारतमा कोरोना भाइरसबाट एकै दिन १९ जनाको मृत्यु छ भने ७०१ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ भने ४ हजार २ सय ८९ जना संक्रमित भएका छन्। ती मध्ये ३२८ जना संक्रमितको उपचार सफल भएको छ।