logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा फेरि थपिए कोरोना संक्रमित


अंकुरण खबर
806
Shares

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०८ देशमा फैलिएको छ। पछिल्लो समय कोरोनाको संक्रमण मत्थर हुँदै गएको चीनमा आइतबार फेरि कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।

२४ घण्टामा चीनका कोरोना भाइरसका ३० जना नयाँ संक्रमित फेला परेका छन् भने ३ जनाको मृत्यु भएको छ। चीनमा अहिलेसम्म ८१ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ।

चीनमा ७६ हजार ९ सय ६४ जना कोरोना संक्रमित निको भएका छन् भने अब बाँकी कोरोनाका एक्टिभ संक्रमितको संख्या १३ सय ७६ रहेको छ। जस मध्ये २९५ जनाको अवस्था गम्भिर रहेको छ।