logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इटलीमा मृत्यु हुनेको संख्या दुई साताकै कम


अंकुरण खबर
1.274K
Shares

इटलीमा कोरोना भाइरस ९कोभिड९१९० को कारण मृत्यु हुने मानिसको संख्या दुई सातायताकै कममा झरेको छ ।

आइतबार इटलीको सिभिल प्रोटेक्शन मिनिस्ट्रिले दिएको जानकारी अनुसार २४ घण्टामा ५२५ जनाको यो भाइरसको कारण मृत्यु भएको हो ।

यससँगै इटलीमा समग्र मृत्यु हुने मानिसको संख्या पनि १५ हजार ८७७ पुगेको छ । आइतबार सार्वजनिक गरिएको दैनिक मृत्यु हुनेको संख्या इटलीको लागि दुई सातायताकै कम हो ।

इटलीमा आइतबार चार हजार ३१६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै इटलीमा समग्र संक्रमितको संख्या पनि एक लाख २८ हजार नाघेको छ ।

संक्रमितको संख्यामा पनि पछिल्लो केही दिनयता निरन्तर कमी आइरहेको छ । अहिलेसम्म इटलीमा २१ हजार ८१५ जना संक्रमित निको भइसकेका छन् । अहिले इटलीमा ९१ हजारभन्दा धेरै कोभिड९१९ का बिरामी निको हुन बाँकी छन् ।

इटलीमा पछिल्लो साता सातादेखि भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको छ ।