logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कोरोनाविरुद्ध लड्न भारतलाई अमेरिकाको ३० लाख डलर सहयोग


अंकुरण खबर
1.209K
Shares

अमेरिका सरकारले कोरोना (कोभिड–१९) विरुद्ध लड्न भारत सरकारलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

भारतस्थित अमेरिकी राजदूत केन्नेथ जुस्टरले युएसआईडीमार्फत् भारतलाई उक्त रकम सहयोगको घोषणा गरेका हुन्। उनले उक्त रकम भारतको रोग निवारण तथा नियन्त्रण केन्द्रलाई सहयोग गरेका हुन्।

उनले कोरोना भाइरस विश्वव्यापी महामारी भएका कारण सबैको सहयोगमा मात्रै कोरोनाविरुद्धको जित हासिल गर्न सकिने बताए।

यो रकम भारतमा क्रियाशिल युएसआईडी तथा विश्व स्वास्थ्य संगठनले गरिरहेका परियोजनाहरुमा थप गरिनेछ। एजेन्सी