logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विमान चार्टर्ड गरेर घुम्न गए ७० जना युवा फर्किदा ४४ लाई कोरोना संक्रमण


अंकुरण खबर
1.105K
Shares

२० वर्षभन्दा केही बढी उमेरका करिब ७० जना युवा कोरोना भाइरसको चेतावनीलाई बेवास्ता गर्दै घुम्न निस्किए। फर्किदा ती मध्ये ४४ जनालाई कोरोना भाइरसको संक्रमण भेटिएको छ।

यो घटना अमेरिकाको टेक्सासको हो। सीएनएनको रिर्पोट अनुसार करिब दुई हप्ता पहिले १० जना भन्दा बढी व्यक्ति भेला तथा भेटघाट नहुन चेतावनी दिइएको थियो। साथै अत्यावश्यक भन्दा अन्य यात्रा नगर्न पनि चेतावनी दिइएको थियो। तर युवाको एक समुहले उक्त चेतावनीको वेवास्ता गर्दै विमान चाटर्ड गरेर घुम्न निस्किए।

मेक्सिकोमा विदा मनाउन गएका ४४ युवा टेक्सास युनिभर्सिटीका छात्र हुन्। छात्रले विमान चार्टर्ड गरेर घुम्न गएका थिए। मेक्सिको पुगेपछि फर्किने क्रममा केही छात्रले व्यवसायिक विमानमा पनि यात्रा गरेका थिए। अब अधिकारीलाई यो कुराको चिन्ता छ की उक्त विमानमा यात्रा गरेका अन्य मानिस पनि संक्रमित हुन सक्लान्।