logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

चीनमा कोरोनाबाट मृत्यु हुन छाड्यो


अंकुरण खबर
1.612K
Shares

कोरोना भाइरसबाट चीनमा सोमबार कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले जनाएका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार त्यहाँ कोरोना भाइरस संक्रमणको कारण कसैको मृत्यु नभएको यो पहिलो पटक हो।

सोमबार कोरोना भाइरसको संक्रमणका ३२ नयाँ संक्रमित फेला परेका छन्। तर, पहिलो पटक देशभरिमा एक व्यक्तिको पनि मृत्यु नभएको हो। कोरोनाका कारण ३ हजार भन्दा बढिको मृत्यु र ८१ हजार संक्रमित बनेको चीनमा जनजीवन सामान्य बन्दै गएको छ।

हुवेई प्रान्तमा विगत ३ महिनादेखि लकडाउन गरिएको थियो। तर, विस्तारै सबै खुला गरिएको गएको छ। दक्षिण कोरियामा पनि कोरोनाका बिरामीको संख्यामा कमी आएको छ। सोमबार ४७ जना संक्रमित भेटिएकामा १७ जना विदेशबाट आएका रहेको बताइएको छ।