logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या लगातार बढ्दै


अंकुरण खबर
884
Shares

स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या बढिरहेको देखिएको छ ।

स्पेन सरकारले बुधबार सार्वजनिक गरेको आँकडा अनुसार पछिल्लो २४ घण्टामा ७५७ जनाको मृत्यु भएको छ । स्पेनमा मंगलबार सार्वजनिक आँकडामा ७४३ जनाको मृत्यु भएको थियो । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ५५५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म स्पेनमा एक लाख ४६ हजार संक्रमित भएका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म ४८ हजार २१ जना ठिक भएका छन् ।

योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार ९३३ पुगेको छ । त्यस्तै विश्वभर संक्रमितको संख्या १४ लाख ४१ हजार ५८९ पुगेको छ । त्यस्तै विश्वभर ठिक हुनेको संख्या ३ लाख ८ हजार ५४९ पुगेको छ ।