logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना फैलाएको आरोपमा डाक्टरमाथि आक्रमण


अंकुरण खबर
1.209K
Shares

कोरोना भाइरस संक्रमण फैलाएको आरोपमा भारतको नयाँदिल्लीस्थित एक अस्पतालका दुई चिकित्सकमाथि आक्रमण गरिएको छ।

आक्रमणमा पर्ने दुवै सफदरजंग अस्पतालका आवासीय महिला चिकित्सक हुन्। उनीहरुको उजुरीपछि प्रहरीले आरोपित व्यक्तिलाई पक्राउ गरेको पुलिस उपायुक्त कुमार ठाकुरले बताएका छन्। पक्राउ परेका ४४ वर्षीय पुरुष हुन्।

अस्पतालको रेसिडेन्ट डाक्टस एसोसिएसनका अध्यक्ष मनीषका अनुसार बुधबार राति साढे ९ बजे फलफूल किन्न निस्किएका ती चिकित्सकमाथि आक्रमण भएको थियो। दुवै चिकित्सक अस्पतालको आकस्मिक कक्षमा काम गर्छन्।

उनीहरुले भनेका छन्, ‘हामी फलफू किन्न निस्किएका थियौँ। एकजना मानिस टाढाबाट कराउँदै आएर तिमीहरुले नै कोरोना भाइरस फैलाएका हौ भनेर हातपात गरे।‘ उनीहरुले आफूहरु दुवै कोरोना भाइरस उपचारमा संलग्न नहरहेको बताएका छन्। एजेन्सी