logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा फेरि दोस्रो लहरको कोरोना संक्रमणको जोखिम, राष्ट्रपतिले दिए चेतावनी


अंकुरण खबर
1.053K
Shares

चीनमा फेरि दोस्रो लहरको कोरोना संक्रमणको जोखिम रहेको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चेतावनी दिएका छन्।

बुधबार पोलिटब्यूरो स्थायी समितिको बैठकमा बोल्दै राष्ट्रपति सीले संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनमा पनि संक्रमणको दोस्रो लहरको जोखिम रहेको भन्दै चेतावनी दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। उनले भनेका छन्, चीनमा अहिलेले कोरोनाभाइरस नियन्त्रणमा रहेको जस्तो देखिन्छ । यहाँ नयाँ संक्रमित र मृतकको संख्या पनि कमै देखिएको छ।

बुधबार कोरोनाभाइरसको वास्तविक केन्द्रबिन्दु वुहानमा आधिकारिक रुपमा लकडाउन हटाइएको छ। कोरोना भाइरसले विश्व महामारीको रुप लिइरहेका बेला सावधानी नअप्नाए फेरि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण देखिने सीको भनाइ छ। उनले स्थानीय प्रशासनलाई विदेशबाट आएकाहरुप्रति विशेष निगरानी राख्न आग्रह पनि गरेका छन्।

उनले चीनमा कामको पुनर्स्थापना र आर्थिक तथा समाजिक विकासका लागि नयाँ कठिनाइ र चुनौतीहरु देखापरेको पनि बताएका छन्।