logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमितको उपचारमा संलग्‍न एक चिकित्सकको मृत्यु


अंकुरण खबर
884
Shares

भारतको मध्यप्रदेशमा पर्ने इन्दौर जिल्लामा कोराना भाइरस संक्रमितको उपचारमा संलग्न एक चिकित्सकको मृत्यु भएको छ ।

संक्रमित बिरामीको उपचारमा संलग्न डा. शत्रुघन पंजवानीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ती सञ्चार माध्यमहरुले चिकित्सा स्वास्थ्य प्रमुखले ९सीएमएचओ० ले चिकित्सकको मृत्यु भएको पुष्टि गरिसकेको पनि उल्लेख गरेका छन् । केही दिनअघि डा. पंजवानीले भिडियो जारी गर्दै आफू पूर्ण रुपमा स्वस्थ रहेको र आफूलाई संक्रमण नभएको दाबी गरेका थिए ।

उनले आफूविरुद्ध अफवाह फैलाइएको भन्दै आपत्तिसमेत जनाएका थिए । यो सँगै इन्दौरमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।