logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मुम्बई र नयाँ दिल्लीमा मास्क अनिवार्य लगाउनुपर्ने नियम लागू


अंकुरण खबर
1.339K
Shares

भारतको मुम्बई र नयाँ दिल्लीमा मास्क अनिवार्य लगाउनुपर्ने नियम लागू भएको छ।

कोरोनाको त्रासबीच मुम्बई र दिल्ली प्रशासनले सार्वजनिकस्थलमा हिँड्दा मानिसहरुले मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाएका हुन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमा भनेका छन्,‘मास्क लगाउँदा कोरोना संक्रमणको खतराबाट जोगिन सकिन्छ। त्यसैले सार्वजनिकस्थलमा हिँड्दा सबैले अनिवार्य मास्क लगाउनुपर्ने नियम लागू गरिएको छ।

महाराष्ट्र सरकारले मुम्बईमा मास्क नलगाउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ।

भारतमा बिहीबारसम्म ५ हजार ९१६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ १ सय ७८ जनाको मृत्यु भइसकेको छ। एजेन्सी