logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी


अंकुरण खबर
1.014K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि पत्ता लागेको बताएका छन् ।

ह्वाइट हाउस कोरोना टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिनका लागि पत्ता लगाइएको अति उपयुक्त औषधि फाइजर कम्पनीले उत्पादन गरिरहेको समेत जानकारी दिएका छन् ।

उक्त औषधि फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको उनले जानकारी दिए । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध लड्ने २० प्रकारका खोप विकास हुँदै गरेको जानकारी दिइरहँदा अमेरिकी राष्ट्रपति ट्रम्मपले औषधि नै पत्ता लागेको दावी गरेका हुन् ।

ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन पनि प्रभावकारी हुने दावी गर्दै आएका छन् ।