अछाम घर भई भारतको मुम्बईमा बस्दै आएका एक परिवारका ८ सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
चौरपाटी गाउँपालिका-५ लुंग्राका चेतमान खड्काको परिवारमा कोरोना भाइरसको संक्रमण देखिएको हो । खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत सपरिवारमा कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेका छन्। उनको परिवार १० दिनदेखि अस्पतालमा छन्।
मुम्बईमै रहेका अछामकै टंक बुढाले खड्का, उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनामा परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको जानकारी दिए।
खड्का ‘देखचेम्स ग्रुप’का सञ्चालक तथा कार्यक्रम आयोजक हुन्। खड्काले फेसबुकमा आफ्नो घर वा आफ्नो स्थानबाट बाहिर न निस्कन र आफ्नो सुरक्षा आफैं गर्न सुझाव दिएका छन्।