बेलायतमा पछिल्लो दुई दिनमा कोरोना भाइरसको संक्रमणबाट पाँच जना नेपालीको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ ।
बुधबार तीनजना तथा बिहीबार दुईजना नेपालीको मृत्यु भएको हो । बुधबार मृत्यु हुनेमा भूपू गोर्खा सैनिक ५९ वर्षीय चेतप्रसाद गुरुङ, शिव श्रेष्ठ र मेघबहादुर गुरुङ रहेका छन् । त्यस्तै केदार पन्त र अर्का एक जना नाम नखुलाइएका नेपालीको पनि कोरोना भाइरसका कारण बिहीबार मृत्यु भएको छ ।
यसअघि लन्डनमा भूपू गोर्खा सैनिक लिलाबहादुर राई र प्रशान्त अर्यालको पनि मृत्यु भएको थियो । बेलायतमा करिव एक लाख नेपालीको बसोबास रहेको अनुमान गरिन्छ । एजेन्सी