logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण अफ्रिकामा लकडाउन २ साता लम्बियो


अंकुरण खबर
1.534K
Shares

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी बन्दाबन्दी (लकडाउन) लाई अरु दुई साता लम्ब्याउने बिहीबार घोषणा गरे ।

यसअघि गत २७ मार्चमा सुरु भएको लकडाउन २१ दिनका लागि तय गरिएको थियो । अफ्रिकाका कुनै मुलुकमा जारी गरिएको यो सबैभन्दा कडा व्यवस्था रहेको बताइएको छ ।

अल जजिरा टेलिभिजनका अनुसार उपलब्ध प्रमाणमाथि विचार गरी राष्ट्रिय कोरोनाभाइरस कमान्ड परिषदले २१ दिनको अलावा थप २ साता लकडाउन गर्न सिफारिस गरेको थियो । राष्ट्रपति रामाफोसाले अब अप्रिलको अन्त्यसम्म मुलुकमा लकडाउन जारी रहने बताए ।

उनले लकडाउनको पालना राम्रोसँग भइरहेको पनि दाबी गरे । एजेन्सी