भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्नो प्रेस बिफ्रिङमा भारतमा कोरोनाभाइरस संक्रमितको संख्या अब ६ हजार ४ सय १२ पुगेको जानकारी दिएको छ ।
पछिल्लो दिनमात्र त्यहाँ ६ सय ७८ जनाभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । योसँगै लगातार पाँचौँ दिन अब भारतमा ५ सयभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
भारतमा अब दैनिक कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि उकालो लागेको छ । पछिल्ला २४ घन्टामा त्यहाँ ३३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा २ सय जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । एजेन्सी